‘ममता बनर्जी भारतीय प्रधानमन्त्री हुन सक्षम’

‘ममता बनर्जी भारतीय प्रधानमन्त्री हुन सक्षम’

केन्द्रबिन्दु
0
Shares

भारतीय जनता पार्टीको पश्चिम बङ्गालका अध्यक्ष दिलीप घोषले यदि भारतमा बङ्गाली मूलका नागरिकले प्रधानमन्त्री हुने अवसर पाए भने त्यसका लागि ममता बेनर्जी नै सक्षम रहेको बताएका छन् ।

अहिले बेनर्जी पश्चिम बङ्गालको मुख्य मन्त्री हुन् । अध्यक्ष घोषले ममता बेनर्जीको ६४ औँ जन्म दिनको शुभकामना दिँदै सो कुरा बताए ।
शनिबार अध्यक्ष घोषले भनेका छन्, यदि बङ्गाली समुदायका नागरिकले भारतको प्रधानमन्त्री हुने अवसर पाए भने त्यसका लागि ममता नै पहिलो र सक्षम व्यक्ति हुन् र त्यसका लागि उनी अरु भन्दा सक्षम व्यक्ति छिन् ।

उनले थप भनेका छन्, बेनर्जीले पश्चिम बङ्गालको प्रतिनिधित्व गर्दछिन् र मलाई लाग्छ उनी नै भारतको सक्षम र योग्य प्रधानमन्त्री हुनेछिन् ।

यदि मलाई आफ्नो पार्टीबाट प्रधानमन्त्री को हुने भनी सिफारिश मागियो भने पनि मैले बेनर्जीलाई नै सबैभन्दा योग्य र एकमात्र उम्मेदवारका रुपमा सिफारिश गर्नेछु ।

तर उनको यो अभिव्यक्तिलाई पार्टी भित्र भने अकस्मात भनिएको छ । उनले केही समयअघि गरेको टिप्पणीमा उनले ममता बेनर्जीको पश्चिम बङ्गालको यात्रामा गतिरोध उत्पन्न भएको र उनले सक्रिय रुपमा काम गर्न नसकेको भनी सार्वजनिक टिप्पणी गरेका थिए ।

अध्यक्ष घोषले थप भनेका छन्, भारतीय कम्युनिष्ट पार्टी (माक्सिस्ट्) का नेता ज्योति बसु भारतको प्रधानमन्त्री हुन सक्दैनन तर ममता बेनर्जीमा भने भारतको प्रधानमन्त्री बन्ने क्षमता छ ।

बङ्गाल क्षेत्रबाट भारतले प्रधानमन्त्री प्राप्त ग¥यो भने त्यो अत्यन्तै राम्रो हुनेछ र यो समुदायको सूचीमा बेनर्जी प्राथमिकतामा नै रहेको उनको भनाई थियो ।

उनले भनेका छन्, एकपटक बसु पनि प्रधानमन्त्री हुने भनी नाम आएको थियो तर पनि अहिले भने उनी त्यो सूचीमा छैनन्, किनभने उनलाई उनकै कम्युनिष्ट पार्टीले प्रधानमन्त्रीको सूचीमा अहिले राखेको छैन ।

Logo