वर्ष २०१८ बलिउडकी क्युट अभिनेत्री आलिया भट्टको लागि लक्की रह्यो । आलिया अभिनित फिल्म ‘राजी’ बाट उनको अभिनयको निकै चर्चा भयो । भट्टले चर्चा मात्र बटुलिनन् उनले यस फिल्मबाट थुप्रै अवार्ड समेत हात पारिन् ।
यस्तै वर्ष २०१९ मा पनि उनी बलिउडका चर्चित फिल्ममेकर करण जोहरको फिल्म कलंक र तख्तमा अभिनय गर्ने भएकी छिन् । करणले प्रायं स्टार किड्सलाई आफ्नो फिल्ममा लिने गरेका छन्, जसमध्ये आलिया पनि एक हुन् ।
२०१२ मा करणले आलियालाई आफ्नो होम प्रोडक्सन ‘स्टुडेन्ट अफ द ऐयर’ मा लिएका थिए त्यसपछि आलिया कुनै फिल्ममा काम गर्नु अघि करणको एडर्वाइज लिने गर्छिन् । आलिया भट्ट करणलाई निकै मान्छिन् । उनी करणलाई आफ्नो गुरु र एडभाईजरको रुपमा लिने गर्दछिन् ।
हालै आलियाले करण जोहरको फिल्म ‘तख्त’ मा साइन गरेकी छन् । आलिया भन्छिन्, ‘तख्त साइन गर्नु भन्दा पहिला मलाई यो फिल्मको कहानी समेत थाहा थिएन् । मलाई करण जोहरको फोन आयो । उनले भने म एउटा मल्टी स्टार फिल्म बनाउँदै छु र त्यसमा तिम्रो मुख्य भूमिका रहनेछ र मैले केहि नसोची ओके भने ।’
करणको तख्तमा आलिया भट्ट र विक्की कौशलले रोमान्स गर्ने पक्का भएको छ । उनीहरुले फिल्म राजीमा एकसाथ काम गरिसकेका छन् । साथै यस फिल्ममा रणवीर सिंह, अनिल कपूर, जान्वी कपूर, करिना कपूर र भूमि पेडनेकर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।































प्रतिक्रिया