नेपालको ‘रन वे’ विरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्धा, किनिएको भनिएका वाइडबडी भाडाका

नेपालको ‘रन वे’ विरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्धा, किनिएको भनिएका वाइडबडी भाडाका

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रनवे’ बारे अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हालिने भएको छ । ६२ वर्ष पुरानो ‘रनवे’ लाई अहिले पनि चालु अवस्थामा राखिएको भन्दै ईनिसिएटिभका अध्यक्ष पब्लिक सेक्टर ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने चेतावनी दिएका हुन् ।

उनले अन्तर्राष्ट्रिय अदालतमा हाल्ने मुद्दा नेपाल नभई अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाउ) विरुद्ध हुने प्रष्ट पारेका छन् ।६२ वर्ष पुरानो रन वे मा किन विमान सञ्चालनको अनुमति दिएको भन्दै आईकाउविरुद्ध मुद्दा दायर गर्ने तयारीमा रहेको उनको भनाई छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रनवे’ बनेदेखि फाटेको ठाउँमा टाल्ने काम मात्र भएको जिकिर गर्दै नेपाल सरकार नभई आईकाउविरुद्ध विरुद्ध मुद्दा दायर गरिने उनले जनाए । यो विषयमा अहिलेसम्म कसैले पनि कुरा नउठाएको भन्दै अब छिट्टै अन्तर्राष्ट्रिय अदालत समक्ष मुद्दा दायर गरिने उनको भनाई छ ।

यो विषय नेपाल सरकारले किन गरेन भन्दा पनि आईकाउले किन ध्यान दिएन भन्ने प्रमुख कुरा हुने उनको भनाई छ । आईकाउका क्षेत्रिय प्रमुख अरुण मिश्रविरुद्ध नेपालको एयरपोर्टलाई लिएर मुद्दा हालिने प्रष्ट पारे ।

‘मुद्दा परेपछि अन्तर्राष्ट्रिय कोर्टमा आईकाउ जान्छ । रिपोर्ट बुझाउनुपर्‍यो । रिपोर्ट बुझाउँदा नेपालको रनवे ६२ वर्ष पुरानो छ । नो ट्याम गएकै छैन् । सबै कुराहरु रेकर्ड छ । विना मौसम मौसमलाई दोष दिईएको छ । दुर्घटना हुँदा पाईलटलाई दोष दिईरहेको छ । रनवे बाट विमान चिप्लिएको छ । यस्ता विषयमा आईकाउले जवाफ दिनुपर्ने हुन्छ’ उनले भने ।

वाइडबडी खरिद प्रकरणमा भएको भनिएको घोटला आईकाउले पनि छानविन गर्नुपर्ने उनको भनाई छ । उक्त घोटलाबारे एउटा उपसमितिले मात्रै पत्ता लगाउन नसक्ने भन्दै आईकाउले प्रमुख रुपमा हेर्नुपर्ने उनको माग छ ।

खरिद गरिएको भनिएका विमान भाडा लिईएको दावी गर्दै उनले भने, ‘यो विमान भाडामा लिईएको हो । कुनै पनि देशका विमानको मुल्य, सिट, तौल सबै समान हुन्छ । नेपालमा मात्र आएको विमानको तौल पनि कम हुने । मुल्य पनि कम हुने । यो हुनैसक्दैंन् ।’

विश्वका जुनसुकै देशमा चल्ने वाईडबडीको मापदण्ड एउटै हुने दावी गर्दै अन्तर्राष्ट्रिय नागरिक हवाइ उड्डयन क्षेत्रका विज्ञ समेत रहेका कँडेलले भने, ‘विश्वमा चल्ने सबै विमानको एउटै मापदण्ड हुन्छ । अमेरिकामा चल्ने वाइडबडी र नेपालमा चल्ने वाईडबडी विमानमा कुनै भिन्नता हुनुनपर्ने हो । तर यहाँ त्यस्तै पाईएको जसले गर्दा पनि प्रष्ट भयो की यो विमान किनिएको होईन भाडामा लिईएको हो ।’

Logo