सुशान्त केसीको कन्सर्ट करिब साढे दुई वर्ष पछि नेपालमा, टिकट खल्तीमा ‘एक्सक्लुसिभली’ उपलब्ध

सुशान्त केसीको कन्सर्ट करिब साढे दुई वर्ष पछि नेपालमा, टिकट खल्तीमा ‘एक्सक्लुसिभली’ उपलब्ध

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं। नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले ‘सुशांत केसी लाइभ ईन नेपाल’ कन्सर्टको आधिकारिक टिकटिङ पार्टनरको रूपमा टिकट बुकिङ खुल्ला गरेको छ।

टिआरएन इभेनट्स नेपाल र एस केसीसँग सहकार्य गर्दै आयोजित यस कन्सर्टमा सबै वर्गको स्रोताहरू माझ लोकप्रिय बनेका सुशांत केसीले करिब साढे दुई वर्ष पछि लाइभ म्युजिकल प्रस्तुती दिँदैछन् भने यस कन्सर्टको टिकटिङको एक मात्र साझेदार को रूपमा खल्तीले जिम्मा लिएको छ।

फागुन २४ (मार्च ०८) मा सल्लाघारी ग्राउन्ड, भक्तपुरमा हुन गइरहेको यस भव्य कन्सर्टको टिकट खल्ती प्रयोगकर्ताहरूले सजिलै खल्ती एपमार्फत खरिद गरी आफ्नो ठाउँ समयमै सुनिश्चित गर्न सक्नेछन्।

बार्दली, सारङ्गी, गुलाबी, पर्खन, साथी, आमा जस्ता चर्चित गीतहरूले सुशांत केसी परिचित छन् भने उनका गीतका शब्दहरू धेरै दर्शकका मुखमा कण्ठस्थ छन्।

केसीले कन्सर्टका लागि आफ्नो उत्साह व्यक्त गर्दै भने- “काठमाडौँमा प्रस्तुति दिनु सधैँ विशेष अनुभव हो। दर्शकहरूको समर्थन, माया मेरो प्रेरणा हो र मार्च ०८ मा सबैलाई संगीतको यात्रामा सहभागी गराउन उत्साहित छु।”

यसबारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्-“ अरिजित सिंह, आतिफ असलम, प्रतिक कुहाड, सज्जन राज वैद्य र अनेकौँ लाइभ शो मा टिकटिङ पार्टनरको रूपमा उल्लेखनीय सफलता अनि जुबिन नौटियालको आउँदो कन्सर्टको घोषणा पश्चात् हामी फेरी पनि ‘सुशांत केसी लाइभ ईन नेपाल’ को एक मात्र टिकटिङ्ग प्लेटफर्मको रूपमा उपस्थित भएका छौँ। खल्तीलाई एक इनाेभेटिभ तथा युवामैत्री लाइफ स्टाईल ब्रान्डको रूपमा स्थापित गराउने उदेश्यलई यस्तो किसिमकाे सहकार्यहरूले थप साथ दिने कुरामा हामी आशावादी छौँ। यसै उद्देश्यलाई निरन्तरता दिँदै हामीले प्रयोगकर्ताहरूलाई सहज र विना झन्झट तरिकाले टिकट खरिद गर्ने सेवा हाम्रो प्लेटफर्म मार्फत उपलब्ध गराएका छौँ र बढी भन्दा बढी प्रयोगकर्ताहरूले यस सुविधा बाट लाभ लिनु हुनेछ र यस म्युजिकल प्रस्तुतीमा रमाउनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ।”

Skip This
Skip This
Logo