विराटनगर
नेपाल आयल निगमको प्रदेश १ कार्यालय विराटनगरमातहत रहेर पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका १३ वटा ट्यांकरलाई तीन महिना प्रतिबन्ध लगाइएपछि विवाद भएको छ ।
ढुवानी नियमावली विपरीत इन्धन ढुवानीमा प्रतिबन्ध लगाएर निगमले १३ वटै ट्यांकरलाई प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) नदिएको भन्दै ढुवानी व्यवसायी र मजदुर आक्रोसित बनेका हुन् ।
मजदुर र व्यवसायीले नियम मिचेर प्रतिबन्ध लगाइएका ट्यांकरलाई तत्काल पीडीओ दिनुपर्ने माग राखी आयल निगमविरुद्ध आन्दोलन घोषणा गरेको छ । पीडीओ नदिए सोमबारबाट नेपाल भर इन्धन ढुवानी ठप्प पार्दै ट्यांकरका चाबी निगमलाई बुझाई आन्दोलन सुरु गर्ने चेतावनी व्यवसायीले दिएका छन् । निगमले पीडीओ दिएपछि मात्रै नेपालमा ल्याइने पेट्रोलियम भारतस्थित निगमको डिपोले लोड गर्छ ।
निगमले को १ ख ५९४१, ५९४२, ५९४३, ५९६५, ६९३०, ६९३४, ५९६८, ५९४१, ६०५०, ५९७०, ना ३ ख ९६३३, ना ४ ख १९६४ र २९७१ नम्बरको ट्यांकरलाई तीन महिनाका लागि प्रतिबन्ध लगाउँदै ढुवानीमा रोक लगाएको हो । यी सबै ट्यांकर निगमका ढुवानीकर्ता सुखदेव सिंहका हुन् ।
भारतको बरौनी डिपोदेखि नेपाल आयल निगमको विराटनगर डिपोसम्म ढुवानी गर्ने क्रममा सिंहले सञ्चालन गरेको को १ ख ५९६५ नम्बरको ट्यांकरबाट लक लागेकै अवस्थामा दुई हजार चार सय ८४ लिटर डिजेल मंसिर ६ गते चोरी भएको थियो। त्यसपछि उनले सञ्चालन गरेका सबै ट्यांकरलाई इन्धन ढुवानीमा तीन महिना रोक लगाउँदै निगमले पीडीओ उपलब्ध नगराएपछि ढुवानी व्यवसायी र निगमबीच दूरी बढेको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया