काठमाडौँ
ललितपुर महानगरपालिका–४ बागडोलस्थित फर्निचर पसलमा शनिबार आगलागी भएको छ ।
भारतीय नागरिक विनय गौतमले सञ्चालन गरेको अच्युत पराजुलीको नाममा रहेको सोफा डेकर प्रालिमा आगलागी भएको सानेपा प्रहरी प्रभागका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी गराउनुभयो ।
उहाँका अनुसार आगलागीबाट पसलमा भएका सबै फर्निचर जलेका छन् । विद्युत् विच्छेदन भई आगलागी हुँदा करीब ४० लाखको नोक्सान भएको उहाँले जानकारी गराउनुभयो ।
यस्तै हुम्ला जिल्लाको दक्षिणी भेगमा पर्ने चङ्खिली गाउँपालिका वडा नं २ लिलीलेखला भन्ने ठाउँमा भएको आगलागीमा १३ घर जलेर नष्ट भएका छन् ।
स्थानीय बासिन्दाका अनुसार ती घरमा लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन । आगो निभाउने कार्य जारी रहेको जनाइएको छ । क्षतिको विवरण आउन बाँकी छ ।
रासस































प्रतिक्रिया