एमसीसी पास गर्ने बेलामा धेरै विरोध भयाे, तर अहिले बुझ्दा राम्रो रहेछ -सभापति देउवा

एमसीसी पास गर्ने बेलामा धेरै विरोध भयाे, तर अहिले बुझ्दा राम्रो रहेछ -सभापति देउवा

केन्द्रबिन्दु
105
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हाम्रो देश भारत र चीको बीचमा रहेकाले नेपालमा समेत धेरै कुरामा असर पर्ने गरेको बताएका छन्।

बुधबार नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठी कार्यक्रममा बोल्दै उनले एमसीसी पास गर्ने बेलामा धेरै विरोध भए पनि अहिले आएर सबैले त्यो साँच्चिकै नै राम्रो छ भन्ने लागेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो देश भारत र चीनको बीचमा छ । यी दुई देशमा परेको असर हाम्रो देशमा नि पर्छ । तर अहिले चाँही एमसीसी पास गर्ने बेलामा र प्रतिनिधिसभाबाट पारित गर्ने क्रममा धेरै विरोधहरु भए । तर अहिले आएर सबैले साच्चिकै राम्रो रहेछ यो एमसीसी भनेर बुझेका छन् ।’

यसैगरी उक्त कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले राज्यले देशलाई विकासमा परिवर्तन गर्न इच्छा शक्ति बढि राख्नुपर्ने बताएका छन् । उनले उत्तर दक्षिण मित्र राष्ट्रहरुसँगको समउन्नतिसँग लाभान्वित हुनुपर्ने र विकास निर्माणमा भैइरहेको ढिलाई बारे गहन रुपमा छलफल गर्नुपर्ने बताए ।

Skip This
Skip This
Logo