महिला ‘हाफ म्याराथन’ आगामी बुधबार

महिला ‘हाफ म्याराथन’ आगामी बुधबार

केन्द्रबिन्दु
24
Shares

दमौली (तनहुँ)। व्यास नगरपालिकाले खेलकुदमार्फत धार्मिक तथा ऐतिहासिकस्थल जोड्ने प्रयास गरेको छ। धार्मिक पर्यटकीयस्थल व्यास गुफा र ऐतिहासिकस्थल तनहुँसुरलाई खेलुकदमार्फत जोड्न महिला आगामी बुधबार हाफ म्याराथन हुन लागेको हो।

धार्मिकरुपमा परिचित व्यासगुफा र ऐतिहासिकस्थलको रुपमा परिचित तनहुँसुरलाई खेलका माध्यमबाट जोड्ने उद्देश्यसहित यही माघ १६ गते हाफ म्याराथन आयोजना हुने नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुनेलाई रु ४१ हजार ८१, द्वितीय हुनेलाई रु ३१ हजार ८१, तृतीयलाई रु २१ हजार ८१ र पाँच जनालाई जनही रु ११ हजार ८१ का दरले सान्त्वना पुरस्कार प्रदान गरिने उनले बताए।

एक्काइस किलोमिटर दौड व्यासगुफादेखि अनसनचौतारी, दुर्गामन्दिर, भोर्लेटारचोक, गणेशमानचोक, वन कार्यालय, सफासडक हुँदै पृथ्वीराजमार्गको तालघरे, बाराहीरानी मार्गको रानीगाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारचोक, चण्डिथान, गद्धीचौतारा हुँदै व्यास–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा पुगेर टुङ्गिनेछ।

Skip This
Skip This
Logo