काठमाडौँ
पोर्चुगलका प्रधानमन्त्री आन्तोनियो कोस्ता सर्वसाधारणसँगै स्थानीय रुटको गाडी चढेर वडा कार्यालयमा गएका छन् । प्रधानमन्त्री एन्तोनियो बिहीबार बिहानै राजधानी लिस्बनको ७४६ रुटको सार्वजनिक बसको यात्रामा भेटिएका हुन् ।
बिहीबार बिहानको ७४६ रुटको बसमा प्रधानमन्त्री कोस्तालाई देखेर सर्वसाधारण खुशी भएका थिए । प्रधानमन्त्री कोस्ता श्रीमतीका साथमा सार्वजनिक बस चढेको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
उनी श्रीमतीको साथमा आफ्नो घरको ठेगाना नागरिक वडा कार्यालयमा सच्याउन गएको समाचारमा उल्लेख गरिएको छ । प्रधानमन्त्री कोस्ता सुरक्षा गार्ड बिना श्रीमतीको साथमा यात्रा गर्ने गर्छन् ।
प्रधानमन्त्री कोस्ता साधारण जीवनशैली बाच्न रुचाउँछन् । गत डिसेम्बरमा मात्र पोलेको कुखुरा किनेर फर्किएका थिए । उनको यो शैलीलाई धेरैले प्रशंसा गर्ने गरेका छन् ।
प्रधानमन्त्री कोस्टा सुरक्षाका लागि सुरक्षाकर्मी आवश्यक ठान्दैनन् तर कानुनको बाध्यात्मक व्यवस्थाका कारण उनको घर अगाडि ठूलो संख्यामा प्रहरी खटिएका छन् । यद्यपी उनी हिडडुल गर्दा भने बिना सुरक्षागार्ड श्रीमतीसँग हिड्ने गरेका छन् ।
एजेन्सी































प्रतिक्रिया