माघको तेस्रो साता उल्लु महोत्सव हुने

माघको तेस्रो साता उल्लु महोत्सव हुने

केन्द्रबिन्दु
0
Shares

खोटाङ

खोटाङको जालपामा माघ तेश्रो साता उल्लु महोत्सव हुने भएको छ । किसानको साथी उल्लु संरक्षणका लागि यस्तो उत्सव गर्न लागिएको हो । अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा वडा कार्यालय र प्रकृतिका साथीहरु नामक संस्थाको सहकार्यमा आगामी माघ १८ र १९ गते आठौं नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको हो ।

लाटोकोसेरो तथा हुचिल संरक्षणमा टेवा पु¥याउनका लागि जालपामा उत्सवको आयोजना गरिएको आयोजक मूल समितिका संयोजक एबं वडाध्यक्ष बिकास राईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

जिल्ला तथा जिल्ला बाहिरका गरी करिब ५ हजारको सहभागीता रहने उत्सवको पहिलो दिन लाटोकोसेरो सम्बन्धी लघु म्यूजियम प्रदर्शनी, चरा अवलोकन, प्रकृतिको तस्बिर खिच्ने, घिर गाडे, झुलो चकमक र लाथ्रो लगायतका स्थानीय लोपोन्मुख खेल प्रदर्शनी एबं प्रतियोगिता हुनेछन्।

सोही दिन राती लाटोकोसेरोको महत्व दर्शाउने खालका स्लाईड तथा भिडियो प्रदर्शनी गरिने आयोजकले जानकारी दिएको छ । अवैध चोरीनिकासी, वन विनास, विषादिको प्रयोग लगायतका कारण लोपोन्मुख अवस्थामा पुगेको लाटोकोसेरो तथा हुचिल संरक्षणका लागि सचेतना जगाउन उत्सवको आयोजना गरिएको प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले बताए । लाटोकोसेरो तथा हुचिल उत्सव नेपाल, अमेरिका र इटालीमा मात्र हुँदै आएको छ ।
नागरिकबाट

Skip This
Logo