देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
महाप्रबन्धक सुगतरत्न कंशाकारमाथि कालोमोसो दलियो
वाइड बडी विमान प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारमाथि कालोमोसो दलिएको छ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनले कंशकारमाथि कालोमोसो दलेको हो । वाइड बडी प्रकरणमा राज्यको ढुकुटी लुटेको भन्दै कालोमोसो दलेको क्रान्तिकारी युवा लिगका ३ नं. प्रदेश संयोजक केशव ढलकुटीले जानकारी दिए।
तपस्वी रामबहादुर बम्जनको आश्रममा प्रहरीको छापा
विवादमा आएका तपस्वी रामबहादुर बम्जनको आश्रममा प्रहरीले छापा मारेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको टोलीले शुक्रबार बिहान आश्रममा छापा मारेको हो । जिल्ला अदालतले खानतलासी गर्न बिहीबार अनुमति दिएपछि बाडेगाउँमा रहेको आश्रममा छापा मारिएको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डिएसपी बिमलराज कडेलले जानकारी दिए । बाराको हलखोरिया जंगलमा तपस्या गरेको भनेर चर्चा आएका बम्जनको आश्रमबाट ३ आनीसहित चार जना सम्पर्कविहीन भएका थिए । परिवारका सदस्यहरुले खोजीको लागि भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
म्यानपावर व्यवसायी बलबहादुरमाथि १९ करोडको करछली मुद्दा
म्यानपावर व्यवसायी बलबहादुर तामाङविरुद्ध साढे १९ करोड रुपैयाँ बराबर कर छली गरेको मुद्दा दायर भएको छ। वैदेशिक रोजगारीमा कामदार पठाएबापत विदेशी कम्पनीबाट प्राप्त कर छली गरेको कसुरमा जिल्ला अदालत काठमाडौंमा शुक्रबार स्काई ओभरसिज सर्भिसेसका संचालक तामाङविरुद्ध मुद्दा दायर भएको हो। उनीविरुद्ध विगो र जरिवानासहित १९ करोड ५७ लाख ४३ हजार ५ सय ७२ रुपैयाँ र ३ वर्ष कैद सजाय माग दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो।
नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न ३ जनाको नाम सिफारिस
नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा तीन जनाको नाम सिफारिस गरिएको छ । प्रवन्ध निर्देशक बन्न ११ जनाले आवेदन दिएकोमा डिल्लीराम अधिकारी, संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस गरिएको हो । यो सिफारिसलाई मन्त्रिपरिषदमा लगिने र तीन जना मध्ये एक जनालाई छनोट गरेर प्रवनध निर्देशक नियुक्त गरिनेछ । कामिनी राजभण्डारी बर्खास्तमा परेपछि यो पद रिक्त छ ।
वाइडबडीबारे लेखा समितिले निर्णय लिन सकेन, प्रतिवेदन परिमार्जन हुने
वाइडबडी विमानबारे संसदको सार्वजनिक लेखा समितिले कुनै पनि निर्णय लिन सकेन । शुक्रबार बसेको बैठकमा उपसमितिले तयार पारेको प्रतिवेदनमा सत्तारुढ नेकपा सांसदहरुले आपत्ति जनाएपछि समितिले कुनै निर्णय लिन नसकेको हो । आजको बैठकमा सत्तारुढ दलका सांसदहरुले उपसमितिले दिएको प्रतिवेदन परिमार्जन गर्न माग गरेपछि परिमार्जन हुने भएको छ । प्रतिवेदन परिमार्जनका लागि सचिवालयलाई जिम्मेवारी दिइएको छ। परिमार्जनसहित सोमबार बस्ने बैठकमा स्वीकृत गर्ने गरी समितिले निर्णय गरेको छ ।
लेखा समिति बैठक: मन्त्री अधिकारी र गृहसचिवको बचाउँमा नेकपा सांसद
संसदको सार्वजनिक लेखा समिति बैठकमा सत्तारुढ दलका सांसदहरुले वाइडबडी खरिदको छानविन गर्न गठित उपसमितिको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । शुक्रबार बसेको बैठकमा सत्तारुढ दल नेकपा सांसदहरुले मन्त्री रबिन्द्र अधिकारी र गृहसचिव प्रेम राईको बचाउँ गरेका छन् । नेकपाका अधिकांश सांसदहरुले लेखा समितिमा प्रतिवेदन पेश गर्नुअघि नै निष्कर्षहरु सार्वजनिक गरिएकोमा आपत्ति जनाए ।
काँग्रेसद्धारा मन्त्री अधिकारीको राजीनामा माग
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेको छ ।
नेपाली काँग्रेस राष्ट्रिय सभाकी सांसद विन्दादेवी आलेले वाईडबडी विमान खरिद काण्डमा मुछिएका मन्त्री अधिकारीलाई तत्काल राजीनामा दिन माग गरेकी हुन् । शुक्रबार राष्ट्रिय सभाको बैठकका विशेष समय लिएर बोल्दै उनले संघीय संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले समितिमा बुझाएको प्रतिवेदनमा दोषी देखिएका मन्त्री अधिकारीले सो विमान खरिदमा भएको अनियमिततासम्बन्धि छानवीन कार्यलाई सहज बनाउन पनि तत्काल पदबाट राजीनामा दिनुपर्ने तर्क समेत गरिन । उनले ४ अरव ३५ करोड सो वाईडबडि विमान खरिद प्रकरणका दोषीलाई कार्वाही गर्नुको साटो छानवीन समिति गठन गरेको भन्दै सरकारको पनि चर्को आलोचना गरिन् ।
चार किलो सुनसहित धादिङबाट तीनजना पक्राउ
चार किलो सुनसहित धादिङको गजुरीबाट तीनजना पक्राउ परेका छन् । चीनको केरुङ हुँदै रसुवागढीबाट छिराएर धादिङ पुर्याएको अवस्थामा प्रहरीकोे टोलीले गए राति पौने १० बजे उक्त सुनसहित तीनजनालाई पक्राउ गरेको हो ।
नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम निर्माण गरी तत्काल कार्यान्वयनमा लैजान निर्देशन
प्रधानमन्त्री ओली भन्छन्, ‘मुलुक हरेक दिन एक कदम अगाडि बढिरहेको छ’
ओपो एफ नाइन जेड ग्रिन लिमिटेड एडिशन सार्वजनिक हुँदै
नेपाल रेमिटर्स एसोसिएसनमा सुमन पोखरेल निर्वाचित
“मान्छे दुनियासँग लड्न सक्छ तर आफन्तसँग सक्दैन”- रबि लामिछाने (भिडियो रिपोर्ट)
नेविसंघले देशभर साढे ६ लाख नयाँ सदस्यता वितरण गर्यो
गुणस्तरहिन बनेको भन्दैं गाउँपालिका प्रमुखले आफ्नै कार्यालय भत्काए
मदिरा सेवन गरेर छात्रा जिस्काउने एक डाक्टर पक्राउ
आपसी मनमुटाव हुँदा श्रीमतीको हत्या
भारतमा नेपालीभाषीलाई अर्को अन्याय, जनजातिमा सूचिकृत गरिएन
न्यायाधीश दीपकराज जोशी विदामा
निरज सिलवालको तिमी हिड्ने बाटो सार्वजनिक ( भिडियो सहित )
आइतबार प्रधानमन्त्रीको सम्बोधन
नेपाल रेमिटर्स एसोसिएसनमा सुमन पोखरेल निर्वाचित
आइएमईको २० लाख उपहार धिरेन्द्रकुमार झागडलाई
फ्राइडे रिलिजमा ‘जय श्री दाम’ र ‘जे सुकै होस्’ को भिडन्त
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।































प्रतिक्रिया