महाप्रबन्धक सुगतरत्न कंशाकारमाथि कालोमोसो दलियो

महाप्रबन्धक सुगतरत्न कंशाकारमाथि कालोमोसो दलियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । वाइड बडी विमान प्रकरणमा मुछिएका नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारमाथि कालोमोसो दलिएको छ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट युवा संगठनले कंशकारमाथि कालोमोसो दलेको हो ।

वाइड बडी प्रकरणमा राज्यको ढुकुटी लुटेको भन्दै कालोमोसो दलेको क्रान्तिकारी युवा लिगका ३ नं. प्रदेश संयोजक केशव ढलकुटीले जानकारी दिए। वाइड बडी विमान प्रकरणमा मुछिएका महाप्रवन्धक कंसकारलाई शुक्रबार साढे ३ बजे उनकै कार्यकक्षमा कालोमोसो दलिएको हो ।

पार्टीको केन्द्रीय नीति अनुरुप स्थानीयस्तरमा भ्रष्टाचारीलाई कारवाही गर्ने कार्यक्रम अनुरुप कंशाकारलाई कालोमोसो दलिएको उनले बताए ।

क्रान्तिकारी माओवादीको गत मंसिरमा बुटवलमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले प्रतिरोध संघर्षका कार्यक्रम तय गरेको थियो। बैठकले भ्रष्टाचारी नामावाली तयार गर्दै भण्डाफोर गर्ने कार्यक्रम तय गरेको थियो। यसअघि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहले पनि कालोमोसो दल्दै आएको थियो ।

Skip This
Skip This
Logo