आइएमईले ल्याएको ‘दशैंमा बीस लाख’ उपहार धिरेन्द्रकुमार झागडले जितेका छन् ।
सफ्टवेयर पद्धतिमा आधारित ‘लक्की ड्र’ बाट आइएमई सेवाग्राही धिरेन्द्रकुमार झागडलाई बिजेता घोषणा गरिएको हो। उनले मलेशियाबाट नेपालमा आइएमई गरेका थिए।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा आयोजित भाग्यशाली विजेता छनोट कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरि र दीपा श्री निरौला लगायत विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आम सेवाग्राहीको निरन्तर विश्वासले नै आइएमईलाई एउटा भरपर्दो ब्राण्डको रुपमा स्थापित गराएको स्मरण गर्दै आइएमई पे मार्फत हरेक प्रकारका भुक्तानी सेवा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरे । आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले यस्तो कार्यक्रमले आम सेवाग्राही र कम्पनीवीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास ब्यक्त गरे । ब्राण्ड एम्बासडरद्वय दीपक राज गिरी र दीपा श्री निरौलाले आइएमई जस्तो ब्राण्डको एम्बासडर हुन पाउँदा सन्तोष लागेको बताए ।
गत असोज ७ गतेदेखि मङ्सिर मसान्तसम्म लागु योजना अन्तर्गत दैनिक लक्की ड्र’ मा ८ सय ४०, साप्ताहिक ‘लक्की ड्र’ मा १२, मासिक ‘लक्की ड्र’ मा ३ र बम्पर ‘लक्की ड्र’ मा १ गरि कुल ८ सय ५६ जना सेवाग्राही पुरस्कृत भए ।
दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवर्द्धनात्मक कार्यक्रमको यो योजना सर्वाधिक ठूलो राशीको भएको कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया