जब पोर्चुगलका प्रधानमन्त्री सार्वजनिक गाडी चढेर वडा कार्यालय पुगे

जब पोर्चुगलका प्रधानमन्त्री सार्वजनिक गाडी चढेर वडा कार्यालय पुगे

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । पोर्चुगलका प्रधानमन्त्री आन्तोनियो कोस्ता सर्वसाधारणसँगै स्थानीय रुटको गाडी चढेर वडा कार्यालयमा गएका छन् । प्रधानमन्त्री एन्तोनियो राजधानी लिस्बनको ७४६ रुटको सार्वजनिक बस चढेर वडा कार्यालय गएका हुन् ।

बसमा प्रधानमन्त्री कोस्तालाई देखेर सर्वसाधारण खुशी भएका थिए। प्रधानमन्त्री कोस्ता श्रीमतीका साथमा सार्वजनिक बस चढेको अन्तर्राष्ट्रिय सञ्चार माध्ययमले उल्लेख गरेका छन् ।

उनी श्रीमतीको साथमा आफ्नो घरको ठेगाना नागरिक वडा कार्यालयमा सच्याउन गएको समाचारमा उल्लेख गरिएको छ । प्रधानमन्त्री कोस्ता सुरक्षा गार्ड बिना श्रीमतीको साथमा यात्रा गर्ने गर्छन्।

प्रधानमन्त्री कोस्ता साधारण जीवनशैली बाच्न रुचाउँछन्। गत डिसेम्बरमा मात्र पोलेको कुखुरा किनेर फर्किएका थिए। उनको यो शैलीलाई धेरैले प्रशंसा गर्ने गरेका छन्।

प्रधानमन्त्री कोस्टा सुरक्षाका लागि सुरक्षाकर्मी आवश्यक ठान्दैनन् तर कानुनको बाध्यतात्म व्यवस्थाका कारण उनको घर अगाडि ठूलो संख्यामा प्रहरी खटिएका छन्। यद्यपी उनी हिडडुल गर्दा भने बिना सुरक्षागार्ड श्रीमतीसँग हिड्ने गरेका छन्।

आफ्नै भिल्लामा बस्दा राजमार्गमा हुने सवारी चाप र त्यसले ट्राफिक र सर्वसाधारणमा पर्ने असर कम गर्न उनी अहिले राजधानी नजिकै एक अपार्टमेन्टमा सरेका छन् ।

Skip This
Skip This
Logo