काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना अभियोगमा सर्वोच्च अदालतमा मुद्दा परेको छ ।
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिने न्यायाधीशको आलोचना गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना अभियोगमा मुद्दा दायर भएको हो ।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राई र काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएपछि त्रिपाठीले उनीहरूमा कार्यक्षमताको अभाव देखिएको भनी टिप्पणी गरेका थिए। त्यसपछि अवहेलना अभियोगमा मुद्दा दायर भएको हो ।































प्रतिक्रिया