तपस्वी रामबहादुर बम्जनको आश्रममा प्रहरीको छापा

तपस्वी रामबहादुर बम्जनको आश्रममा प्रहरीको छापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विवादमा आएका तपस्वी रामबहादुर बम्जनको आश्रममा प्रहरीले छापा मारेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको टोलीले शुक्रबार बिहान आश्रममा छापा मारेको हो ।

जिल्ला अदालतले खानतलासी गर्न बिहीबार अनुमति दिएपछि बाडेगाउँमा रहेको आश्रममा छापा मारिएको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डिएसपी बिमलराज कडेलले जानकारी दिए ।

बाराको हलखोरिया जंगलमा तपस्या गरेको भनेर चर्चा आएका बम्जनको आश्रमबाट ३ आनीसहित चार जना सम्पर्कविहीन भएका थिए । परिवारका सदस्यहरुले खोजीको लागि भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १४ का सञ्चलाल वाइवा हेटौंडा, रंगशालाकी फूलमाया रूम्बा (डोल्मो) नुवाकोटकी कर्मा तामाङ (चुन्मो) र बाराका सुरेश आलेमगर बमजनको आश्रम हराएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

‘मैत्रेय बुद्ध’, ‘लिटिल बुद्ध’ लगायत नामबाट चर्चित बनेका बमजनको आश्रममा रहेका उनीहरु लामो समयदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजीदिन आग्रह गर्दै प्रहरीमा उजुरी दिएका हुन् ।

तपस्वीको भेषधारी बमजनको आश्रमबाट आफ्ना परिवारका सदस्य बेपत्ता बनाइएको भन्दै विभिन्न जिल्लामा ४ वटा उजुरी परेका थिए ।

Skip This
Skip This
Logo