नेपाल पश्मिना इन्टरनेशनल एक्स्पो २०२५ मा ‘पश्मिना फेसन शो’ सम्पन्न [तस्विरहरु]

नेपाल पश्मिना इन्टरनेशनल एक्स्पो २०२५ मा ‘पश्मिना फेसन शो’ सम्पन्न [तस्विरहरु]

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । भृकुटीमण्डपमा आयोजना भएको नेपाल पश्मिना इन्टरनेशनल एक्स्पो २०२५ मा ‘पश्मिना फेसन शो’ सम्पन्न भएको छ । ‘फार्म टु फाईवर, फाईवर टु फेसन’ भन्ने उदेश्यका साथ पश्मिना फेसन शो गरिएको हो ।

उक्त फेसन शोमा सुनिल काश्मिर, ग्ल्यामर र क्याजुयलका पश्मिनाका १ सय भन्दा बढी सिर्जनाहरु र्याम्पमा प्रस्तुत गरिएको थियो । हाउस अफ फेसन शाेका १२ जना मोडलहरुले पश्मिनाका सिर्जनालाई प्रस्तुत गरेका थिए भने र्याम्प वाकको कोरियोग्राफी वासिम मलिकले गरेका थिए ।

हाउस अफ फेसन शोका सृष्टी श्रेष्ठ, कृति सिम्खडा, सुविना थापा, असिम सक्सेना, सिद्धान्त केसी, सरोन बज्राचार्य, जस्मीन शाक्य, स्यान्डी राणा मगर, जियोन जंग राणा, पारस बास्तकोटी, सनम अर्याल, श्रीनीवास थान्डले गरी १२ जना मोडलले र्याम्प वाक गेरका थिए । साथै उनीहरुलाई नेपाल पश्मिना उद्योग संघले प्रमाणपत्र पनि प्रदान गरेको थियो ।

पश्मिना फेसन शोकाे मुख्य उदेश्य नेपाली उत्पादित पश्मिनालाई प्रवद्र्धन गर्नुका साथै आम मानिसमा च्याङ्ग्राको भुवाबाट उत्पादित पश्मिनाले फेसनमा पनि आफ्नो वर्चस्व कायम गर्न सक्छ भन्नु हो ।

Skip This
Skip This
Logo