नाइजेरियामा यस हप्ता जारी सैनिक कारबाहीमा २८० बोको हराम मारिए

नाइजेरियामा यस हप्ता जारी सैनिक कारबाहीमा २८० बोको हराम मारिए

केन्द्रबिन्दु
0
Shares

नियामी

नाइजेरियामा बोको हराम विद्रोहीका विरुद्धमा यहाँको सेनाले गरेको कारबाहीका क्रममा यस हप्ता मात्र २८० जना बोको हरामका लडाकू मारिएका छन् ।

बोको हरामका विरुद्धमा यहाँको सेनाले गत डिसेम्बर २८ यता गरेको कारबाहीमा परी ती लडाकू मारिएका समाचारमा जनाइएको छ । यसरी मारिएका मध्ये अधिकांश हवाई कारबाहीमा परेका हुन् ।
नाइजेरियाको रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार ती लडाकूहरु सैनिकले गरेको हवाई कारबाहीका क्रममा परेका हुन् । उक्त मन्त्रालयले दिएको जानकारी अनुसार २०० जना भन्दा केही बढी लडाकू हवाई कारबाहीका क्रममा र ८७ जना स्थल सेनाले गरेको कारबाहीमा परी मारिएका हुन् ।

पश्चिमी अफ्रिकी नेताहरुले गएको नोभेम्बर महिनामा नाइजेरियाली इस्लामिस्ट समूहले लेक चाड क्षेत्रमा गरेको हिंसात्मक हमला र हत्याका विषयमा छलफल गरेका थिए । सो क्षेत्र नाइजेरिया, चाड, क्यामरुन र नाइजरको सीमा क्षेत्रमा पर्दछ ।

त्यसको केही समयपछि नाइजेरियामा यति धेरै संख्यामा बोको हरामका लडाकूहरु मारिएको समाचार आएको छ । यस पटकको यो कारबाही उक्त लेक चाड क्षेत्रमा नै बढी मात्रामा केन्द्रित भएको बताइएको छ ।
रासस/एएफपी

Skip This
Skip This
Logo