मोरङ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार देशको विकासका निम्ति गठन भएको बताएका छन् । देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उनको कथन छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले वर्तमान सरकार गठन भएयता आर्थिक सुधारका काम भएका तथा ती सुधार आर्थिक परिसूचकबाट पनि पुष्टि भएको बताएका हुन् ।
फरक प्रसङ्गमा उनले निर्माण व्यवसायीको भुक्तानी नरोकिने प्रष्ट पारे । साथै पुँजीगत खर्चमा सुधार भइरहेको पनि बताए ।































प्रतिक्रिया