सरकारले ल्याएको अध्यादेशको कांग्रेसद्वारा स्वागत, फरक मत राख्न नपाइने !

सरकारले ल्याएको अध्यादेशको कांग्रेसद्वारा स्वागत, फरक मत राख्न नपाइने !

केन्द्रबिन्दु
87
Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशको स्वागत गरेको छ ।

शनिबार सिंहदरबारमा बसेको नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी, मन्त्री र संसदीय दलको कार्यसमिति बैठकले आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको निष्कर्ष निकालेको हो । यसबारे आफ्ना फरक मत वा असहमति भएपनि संसद्‍मा व्यक्त गर्न नपाइने निर्णय पनि भएकाे छ।

यसबारे थप छलफलको लागि भोलि र पर्सि संसदीय दलको बैठक बोलाइएको छ ।

उक्त बैठकमा मन्त्री र दुई दलले बनाएको संयन्त्रबारे पनि छलफल गरिएको नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बताए । उनले भने,‘हाम्रा मन्त्रीज्यूहरु र सरकारले जुन संयन्त्र बनाएको छ त्यसबारे समीक्षा भयो । दुई दलले बनाएको संयन्त्रले के गरिरहेको छ र सँगसँगै अध्यादेश जुन आएको छ त्यसको औचित्यका विषयमा तथा समग्रमा सरकार कसरी गइरहेको छ भन्ने विषयमा छलफल भएको छ ।’

Skip This
Skip This
Logo