कांग्रेस संसदीय दलको बैठक बस्दै, संसदमा खेल्ने भूमिकाबारे रणनीति तय गर्ने

कांग्रेस संसदीय दलको बैठक बस्दै, संसदमा खेल्ने भूमिकाबारे रणनीति तय गर्ने

केन्द्रबिन्दु
33
Shares

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक आइतबार बस्दैछ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने छ।

संघीय संसद् अधिवेशन शुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बताए।

बैठकमा सरकारले ल्याएका अध्यादेश, अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि प्रस्तुत भएका विधेयकबारे छलफल हुने घिमिरेले बताए । संसद्को हिउँद अधिवेशन माघ १८ सुरु हुँदैछ। 

Skip This
Skip This
Logo