काठमाडौं । फिल्म ‘विर विक्रम २’ ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर फिल्मको गीत ‘पिरतीको मिठो तिर्सना’ सार्वजनिक गरिएको हो ।
तारा प्रकाश लिम्बु र मेलिना राईको स्वरमा रहेको गीतलाई रंञ्जित गजमेरले संगीत दिएका छन् । कुसुम गजमेर र तुलसी घिमिरेको शब्द रहेको यो गीत ‘देउता’ फिल्मको चर्चित गीत ‘पिरतीको मिठो तिर्सना’ को रिमेक भर्सन हो । उक्त गीतमा पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेन फिर्चड छन् ।
मिलन चाम्सको निर्देशन तथा निर्माण रहेको फिल्ममा पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेनसँगै बुद्धि तामाङ, देशभक्त खनाल, मनिष लिम्बू, बिनोद सुवेदी खत्री, सन्तोष खनाल, मनोज केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।





























प्रतिक्रिया