काठमाडौं । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा संघीय समाजवादी फोरमकी सांसद सरिता गिरीले प्रधानमन्त्री कार्यालयमा निर्माण हुन लागेको ‘वार रूम’ को विषयमा प्रश्न गरेकी छन्। ‘वार रूम’ निर्माण जिम्मा चिनियाँ कम्पनी हुवावेलाई दिएकोप्रति उनले आपत्ति जनाईन् ।
उनले युरोपेली देश र अमेरिकासमेत सशंकित रहेको कम्पनीलाई मुलुकको प्रधानमन्त्री कार्यालयको प्रविधि निर्माणको जिम्मा दिनु सुरक्षाका कारण आपत्तिजनक भएको बताइन्।
उनले भारतबाट सुरक्षा खतरा रहेको भनेर राष्ट्रवादी रूप देखाउने तर चीनलाई सुरक्षाका विविध क्षेत्र निर्माणमा जिम्मा दिने भन्दै आपत्ति जनाएकी हुन्। गिरीले परमाणु विधेयक ल्याएर पारित गर्न लागेको भन्दै नेपाल परमाणुको होडबाजीमा जान नहुने बताइन्।































प्रतिक्रिया