विद्युतीय व्यापारसम्बन्धी विधेयक चाँडै टुंगोमा पुग्छः मन्त्री भण्डारी

विद्युतीय व्यापारसम्बन्धी विधेयक चाँडै टुंगोमा पुग्छः मन्त्री भण्डारी

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापारसम्बन्धी विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्ने बताएका छन् ।

आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले प्रविधिको फेरबदलसँगै परिवर्तन हुन जरुरी रहेकाले विद्युतीय व्यापारसम्बन्धी विधेयकलाई चाँडै टुंगोमा पुर्याउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘प्रविधिको फेरबदलसँगै हामी परिवर्तन हुन पनि आवश्यक छ । तर अन्य विषयहरु परिवर्तन गर्न मन्त्रिपरिषद्बाट कार्यान्वयन हुनुपर्छ । तर ऐनमा चाहीं समितिले नै अगाडि बढाएर लैजान सक्छ । विद्युतीय व्यापारसम्बन्धी विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्नेछ ।’

साथै उनले समितिमा आएका उपयुक्त कुराहरु र विषयहरुलाई दायाँ बायाँ नगरेर ऐनको गरिमामाथि प्रहार गर्न नहुने बताए ।

Logo