हेटौंडा । प्रदेश ३ सरकारले स्थानीय तहका नगर गाउँ कार्यपालिका सदस्यहरुको सेवा सुविधा दोब्बर बढाउने निर्णय गरेको छ ।
बिहीबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यहरुको सेवा सुविधा दोब्बर बढाउने निर्णण गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।
अब महानगर कार्यपालिका सदस्यले मासिक १५ हजार, उपमहानगरकाले १३ हजार, नगरपालिकाकाले ११ हजार र गाउँपालिकाले ७ हजार रुपैयाँ पाउने छन् ।
यसअघि महानगरका कार्यपालिका सदस्यले ८ हजार, उपमहानगरकाले ७ हजार ५ सय, नगरपालिकाकाले ७ हजार र गाउँपालिकाकाले ६ हजार रुपैयाँ पाउँदै आएका थिए । बैठकले कृषिक्षेत्रको विकासका लागि ७ वटा कार्यविधि पारित गरेको छ ।
बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको राजनितिक सल्लाहकारमा नेकपाका नेता जगन्नाथ थपलियालाई नियुक्त गरेको छ । तत्कालिन एमाले चितवन पूर्वअध्यक्ष समेत रहेका थपलियालाई राजनितिक सल्लाहकारमा नियुक्त गरिएको प्रवक्ता ढुंगेलले बताए ।































प्रतिक्रिया