बद्रि पंगेनी र स्वस्तिका तिमिल्सिनाको पन्चेबाजा गीत ‘गुन्द्रीमा दरी’

बद्रि पंगेनी र स्वस्तिका तिमिल्सिनाको पन्चेबाजा गीत ‘गुन्द्रीमा दरी’

केन्द्रबिन्दु
0
Shares

गायक बद्रि पंगेनी र गायिका स्वस्तिका तिमिल्सिनाको स्वरमा नयाँ गीत बजारमा आएको छ । लगनको महिना, बिहेको चटारो छोप्दै चर्चित लोक गायक बद्रि पंगेनी र गायिका स्वस्तिका तिमिल्सिनाको स्वरमा पन्चेबाजा गीत “गुन्द्रीमा दरि” बजारमा ल्याएका हुन् ।

परम्परागत बिहेमा आफन्तसँग केटि हेर्न जाने र केटिसँग एकान्तमा कुरा गर्ने त्यसपछि मनका कुरा आपसमा र आफन्तसँग सुनाउने परम्पराको निरन्तरता जस्तो लाग्ने गीत निकै कर्णप्रिय बनेको छ ।

पछिल्लो समय प्रेम विवाह र भागि विवाह समाजमा हावी हुदैं गएको छ । ‘मागी विवाह’ लोपोन्मुख अवस्थामा पुगेको छ । त्यही मागी विवाहको बेलामा केटा र केटिको मनमा लुकेका कुरा उक्त गीतमा दर्शाउन खोजिएको छ ।

चर्चित गीतकार एकनारायण भण्डारीले लेख्नुभएको गीतका हरेक अन्तराहरु रोमान्टिक छन् । संगीत सरल र कर्णप्रिय छ । आशिष अविरलले संयोजन गरेको बाद्यावादन उत्कृष्ट बनेको छ ।

भिडियो तर्फ अमेरिकाबाट भर्खरै फर्केर निर्देशनमा ब्यस्त हुन थालेका निर्देशक शंकर बिसीले भिडियोलाई उत्कृष्ट बनाउन प्रयास गरेका छन् । दुर्गा पौडेलको क्यामरा कमाल गज्जव देखिन्छ । नबिन घर्ति मगरको एडिटिंग र रंगले भिडियोलाई नौमती मय बनाएको छ ।

भिडियोमा निर्देशक शंकर बिसी, चर्चित मोडल द्वय महेन्द्र गौतम र रश्मि तामाङले कम्मर मर्काएर छमछमी नाचेका छन् । भिडियोको अन्तिममा रमाइलो शुटिंग रिपोर्ट समेत जोडिएकोले झन् रमाइलो भएको छ ।

समग्रमा विवाहको मौसम पारेर बजारमा ल्याएको यो भिडियो नेपाली लोक स्वाद बोकेर आएको छ । भिडियोलाई बद्रि पंगेनीको आफ्नै युट्युब च्यानलबाट सार्वजानिक गरिएको छ ।

Logo