रवि लामिछानेविरुद्धकाे थुनछेक बहस सकियाे

रवि लामिछानेविरुद्धकाे थुनछेक बहस सकियाे

केन्द्रबिन्दु
150
Shares

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रूपन्देहीमा थुनछेक बहस सकिएको छ ।

रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा लामिछानेको मुद्दामा प्रतिवादीका वकिलहरूको थुनछेक बहसपछि सरकारी वकिल र जाहेरवालाले जवाफी बहस पनि सकेका हुन् ।

अदालतले आजै पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिने वा सामान्य तारेखमा रिहाइ गने भन्ने आदेश गर्नेछ ।

Skip This
Skip This
Logo