भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा परराष्ट्रमन्त्रीद्वारा शुभकामना

भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा परराष्ट्रमन्त्रीद्वारा शुभकामना

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु देउवा राणाले भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।

मन्त्री राणाले आफ्ना भारतीय समकक्षी एस जयशङ्करमार्फत भारतीय जनता र सरकारलाई यस अवसरमा निरन्तर प्रगति, समृद्धि र उन्नतिका लागि शुभकामना व्यक्त गरेकी हुन् ।

उनले सामाजिक सञ्जालमार्फत घनिष्ठ छिमेकीका रूपमा, शताब्दीऔँको साझा इतिहास, पारस्परिक सम्मान र विभिन्न क्षेत्रमा सहयोगको माध्यमबाट मित्रताको बलियो बन्धन र घनिष्ठ सम्बन्ध अनवरत रहेको उल्लेख गरेकी छन् ।

आगामी वर्षहरूमा यी सम्बन्धहरू अझ थप सुदृढ हुँदै जाने उनले विश्वास व्यक्त गरेकी छन् ।

Logo