नेपाल भाषाका कवि तथा भाषासेवी नातिबज्र बज्राचार्यको ८१ वर्षको उमेरमा बुधबार राति निधन भएको छ ।
साहित्य साधनाका साथसाथै बज्राचार्यले भोटाहिटी, दगुबहालमा सफू धुकू नामको पसल खोलेर नेपाल भाषाका पुस्तकहरु बिक्री गर्ने गर्थे ।
उनका ‘सुति लः’, ‘जीवनया दुवाःतय्’ लगायतका कविता सङ्ग्रह र केही गीति एल्बम प्रकाशित छन् ।
उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।
उनको आजै शोभा भगवतीस्थित कर्णद्वीपमा अन्त्येष्टि गरिँदैछ ।































प्रतिक्रिया