प्रधानमन्त्री केपी ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् ।
पुस ११ गते सुरु संघीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले दिउँसो १२ बजेपछि सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन्।प्रधानमन्त्रीले समसामयिक विषयमा सम्बोधन गर्न लागेको अधिकारीले जानकारी दिए।
सरकारका काम प्रभावकारी बनाउन संसदमा आवाज उठिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन् । बुधबार बालुवाटारमा प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने पत्रको ड्राफ्ट तयार गरेका छन् । निकट स्रोतका अनुसार प्रधानमन्त्रीले आज वाइडबडी अनियमितता प्रकरणका बारेमा समेत धारणा राख्ने बुझिएको छ।































प्रतिक्रिया