गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा सर्वोच्चमा ४४ पटक पेसी सर्‍यो

गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दा सर्वोच्चमा ४४ पटक पेसी सर्‍यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको पेसी सर्वोच्च अदालतमा ४४ पटक तोकेर पनि स्थगित भएको छ । १० पटक हेर्न नभ्याउने र १८ पटक हेर्न नमिल्ने सूचीमा राखियो । यस्तै ७ पटक स्थगित, एकपटक प्रमाण झिकाउने र एकपटक हेर्दाहेर्दैमा राखियो । ७ पटक पेसीबाटै हटाइयो । पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको पालादेखि हालसम्म यही क्रम चलिरहेको छ ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले चारपटक पेसी तोकेका थिए भने दुईपटक आफ्नै इजलासमा राखेका थिए । सुशीला कार्कीको पाला ६ पटक पेसी तोकिएको थियो । उनले चारपटक अरूको इजलासमा र दुईपटक आफ्नै इजलासमा राखेकी थिइन् । तर तोकिएका सबै पेसीमा हेर्न नभ्याउने सूचीमा राखेर मुद्दा बेवारिसे बनाइयो ।

पदीय दुरुपयोग गरी ३ करोड ९३ लाख ६२ हजार ५ सय ७६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित अख्तियारले जोशीविरुद्ध २८ माघ ०६० मा विशेष अदालतमा १३ वर्ष कैद सजाय र जरिवाना माग गर्दै मुद्दा दायर गरेको थियो । सो मुद्दामा ३० कात्तिक ०६३ मा तत्कालीन विशेष अदालतका न्यायाधीशहरू भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले अख्तियारले म्याद गुजारेर आएको भन्दै मुद्दाको विषयवस्तुमा प्रवेश गर्दै नगरी जोशीलाई सफाइ दिएको थियो ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo