लिक बन्यो, रेल छैन : सरकारले रेल किन्ने नाममा समयसीमा टार्‍यो

लिक बन्यो, रेल छैन : सरकारले रेल किन्ने नाममा समयसीमा टार्‍यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपालीको रेल सपना तत्काल पूरा नहुने भएको छ । सरकारले यसै डिसेम्बरभित्र जयनगर–जनकपुर रेल सञ्चालन गर्ने भने पनि तत्काल रेल नचल्ने पक्का भएको छ ।

नेपालसँग आफ्नै रेल तथा दक्ष जनशक्ति नभएका कारण भारतसँग रेलका डब्बा तथा जनशक्ति ल्याएर सञ्चालन गर्ने निर्णय भएको थियो । तर सरकारले भने ढिलै भए पनि आफ्नै रेल किन्ने निर्णय गरेका कारण तोकिएको समयमा रेल कुदाउन नसकिएको हो ।

रेलै नभएपछि रेलमार्ग मात्रै उद्घाटन गर्न असहज भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भनिएको सो रेल मार्गमा अब नेपालले आफैं रेल किनेर सञ्चालन गर्नेछ ।

सरकारले आफ्नै रेल किन्ने निर्णय गरेका कारण निर्धारित समयमा रेल आउन नसकेको रेल विभागले जनाएको छ । रेल विभागका प्रवक्ता अमन चित्रकारले भने, ‘आफ्नै ध्वजावाहक रेल किन्ने निर्णय भएकाले ढिलाइ भएको हो ।’

सरकारले प्रत्यक्ष रूपमा भारतीय सरकारसँग रेल किन्ने तयारी थालेको प्रवक्ता चित्रकारले बताए । उनले भने, ‘नेपालले भारतसँग प्रत्यक्ष रूपमा रेल किन्ने सहमति गरेकोे छ ।’ जीटुजी (सरकार–सरकारबीच) को माध्यमबाट रेल खरिद गरी आगामी जुनसम्म सञ्चालन गर्ने विभागले जनाएको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo