आज पनि दुईवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज पनि दुईवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । मंगलबार संघीय संसदअन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।

जसअनुसार आज कानून, न्याय तथा मानव अधिकार समिति बैठक बिहान ८ बजे बस्दैछ । बैठकमा सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल हुनेछ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक पनि आज सिंहदरवारमा बस्दैछ । दिउँसो साढे ३ बजे बस्ने बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ ।

यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको स्थगित गरिएको छ ।  दिनको १२ः२५ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।

Logo