मिस नेपाल २०१८ श्रृंखला खतिवडाको चर्चा विगत एक महिना यता निकै नै चल्यो । बरु उनी मिस नेपालमा छनौट हुँदा कम चर्चा थियो । चर्चाको मुख्य कारण भनेको उनी मिसवल्र्डमा प्रतिश्पर्धी बनेकै कारण हो । विश्वका थुप्रै देशका सुन्दरीहरुलाई पछि पारेर उनी टप १२ सम्म पर्न त सफल भइन तर बहुसंख्यक नेपाली शुभ चिन्तकहरुउनले ताज पहिरिएको हेर्न भने पाएनन् ।
उनी पछिल्ला दिनहरुमा सामाजिक कामहरु प्रति पनि सक्रिय छिन् । उनले आफू नेपालको पहिलो महिला प्रधानमन्त्री बन्न चाहेको पनि यस अघि नै बताइ सकेकी छिन् । यति धेरै चर्चा पाएकी श्रृंखला पछिल्ला दिनहरुमा के के काममा व्यस्त छिन् त ? अब उनको भावि कार्यक्रमहरु के के छन् त, यी सबै विषयमा यसपटक उनै श्रृंखला खतिवडाले आफ्ना अनुभव र आगामी कार्यक्रमहरुका बारेमा केन्द्रविन्दु टेलिभिजनसँग रमाइलो कुराकानी गरेकी छिन् । हेरौं कुराकानी यो भिडियोमा :































प्रतिक्रिया