‘गोली पचाएर आएका हामीहरु दलाल पुँजीवादको रजाईंबाट तर्सिँदैनाैं’ -विप्लव

‘गोली पचाएर आएका हामीहरु दलाल पुँजीवादको रजाईंबाट तर्सिँदैनाैं’ -विप्लव

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले देशलाई दलाल पुँजीवादीको हातमा राखेर चुप लागेर बस्न नसक्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा, नेपालको राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विचार सभालाई सम्बोधन गर्दै उनले गोलीले उडाउँदा पनि आफूहरु त्यसलाई पचाएर यहाँसम्म आइपुगेको भन्दै अब दलाल पुँजीवादको झटारोबाट नतर्सिने बताएका हुन् ।

उनले भने, ‘म भन्न सक्छु यो देशलाई दलाल पुँजीवादीको हातमा राखेर चुप लागेर बस्न सक्दैनौं । यो देशलाई विदेशीहरुको इसारामा उठ भन्दा उठ बस भन्दा बस भन्ने मान्छेहरुको जिम्मा लगाएर हामी बस्नेवाला छैनौं । हामी यो देशको माटोमा उभिएर यो देशको पहाडमा उभिएर गर्वका साथ भन्छौं । इतिहास नयाँ तरिकाले पुननिर्माण गर्न बाँकी छ । हामीले पञ्चायत ढाल्यौं हामीले गोलीले उडायौं, हामी गोलिले उड्यौं हामी सबै पचाएर आएका मान्छे हौं । दलाल पुँजीवादको झटारोबाट हामी तर्सिन जरुरी छैन । दलाल पुँजीवादको रजाईबाट हामी तर्सिन जरुरी छैन ।’

त्यस्तै, उनले दलाल पुँजीवादबाट साच्चै देशलाई शान्ति, स्थिरता र स्वाधिनता दिने हो भने यसको निकास समाजवाद नै रहेको दाबी गरे । वैज्ञानिक समाजवाद सम्भव नभए पनि समाजवादी पार्टीको बीचमा र समाजवादी विचारधाराबीचमा भव्य सहमति कायम गर्दै देशलाई अगाडि लैजानु पर्ने धारणा राखे ।

Skip This
Skip This
Logo