चलचित्र ‘एक्टरः टेक वान’को रिलिज रोक्न अदालतकाे आदेश

चलचित्र ‘एक्टरः टेक वान’को रिलिज रोक्न अदालतकाे आदेश

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । बुधबारबाट देशभरका हलमा आउन लागेको चलचित्र ‘एक्टर टेक वान’ को रिलिज रोकिने भएको छ । जिल्ला अदालत काठमाडौंले सो चलचित्रको रिलिज २२ माघसम्म रोक्न अल्पकालीन आदेश दिएको हो ।

गत ४ माघमा प्रदर्शन भएको अर्को फिल्म ‘एक्टर’का निर्माताले फिल्मविरुद्ध प्रतिलिपी अधिकार हनन भएको भन्दै रिट दायर गरेका थिए। सोही रिटमा अदालतले तत्काल अन्तरिम आदेश नदिएर अल्पकालीन आदेश दिएको हो । अदालतले माघ २२ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

सोमबार साँझ मात्रै ‘एक्टरः टेक वन’को ग्रान्ड प्रिमियर सोमवार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा सम्पन्न भएको थियो । चलचित्रका अभिनेता द्वय प्रदिप खड्का र राजबल्लभ कोइराला साथै अभिनेत्री द्वय अन्ना शर्मा र दिव्या रायमाझीको प्रिमियर प्रवेशले सबैको ध्यान खिचेको थियो । आकर्षक तरिकाले हल रहेको भवनको पाँचौँ तल्लामा पुग्दा पत्रकारहरू र अन्य पाहुनाहरूको भिड थामिनसक्नु देखिएको थियो । तर, एकाएक मंगलबार अदालतबाट उक्त अल्पकालीन आदेश आएको हो ।

Skip This
Skip This
Logo