‘सम्हालिन्छ कहिले मन’ मा आकाश श्रेष्ठ, लिए महंगो पारिश्रमिक

‘सम्हालिन्छ कहिले मन’ मा आकाश श्रेष्ठ, लिए महंगो पारिश्रमिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा नायक आकाश श्रेष्ठ अनुबन्धित भएका छन् । सुदर्शन थापाको निर्देशन तथा लेखनमा बन्ने यस चलचित्रमा पुजा शर्मा मुख्य भूमिकामा छिन् ।

सम्हालिन्छ कहिले मनमा गायक सोनम तोप्देन पहिला नै फाइन भईसकेका थिए भने अहिले नायक आकाश श्रेष्ठ पनि यस चलचित्रको लागि अनुबन्धित भएका हुन् । आकाशले यो चलचित्रको लागि महंगो पारिश्रमिक लिएको बताइएको छ ।

पुजा र आकाश अभिनित चलचित्र ‘राम कहानी’ हिट भएसँगै उनीहरुको जोडीलाई दर्शकहरुले निकै रुचाएका थिए । त्यसैले सम्हालिन्छ कहिले मनमा पनि आकाश र पुजाको जोडी रहने पक्का भएको छ ।

यो चलचित्रको अर्का नायक सोनम तोप्देनले यहि चलचित्रबाट डेब्यु गर्दैछन् । साथै उनले थुप्रै कभर गीतहरु पनि गाईसकेका छन् । चलचित्रको छायांकन नेपाल र युकेमा हुनेछ ।

Skip This
Skip This
Logo