पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेलाः ‘घुमौँ मधेस, बुझौँ मधेस’ अभियान

पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेलाः ‘घुमौँ मधेस, बुझौँ मधेस’ अभियान

केन्द्रबिन्दु
15
Shares

कास्की। पोखरामा ‍मधेस प्रदेशका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा खानपिन संस्कृतिको प्रचार गरिएको छ । माघ १० देखि पोखरामा जारी ३३औँ ‘औद्योगिक व्यापार मेला एवं आईटी महोत्सवमा–२०८१ मा’ मधेसका पर्यटकीय स्थल चिनाउने काम भइरहेको ‘घुमौँ मधेस, बुझौँ मधेस’का कार्यक्रम संयोजक विकास ठाकुरले जानकारी दिए ।

“यस महोत्सवमा स्टल राखेपछि पोखरावासीहरूले मधेस घुम्ने इच्छा व्यक्त गर्नुभएको छ,” उनले भने, “मधेसका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाबारे बुझाउने काम भइरहेको छ, धेरैजना उत्साहित हुनुभएको छ ।”

उनका अनुसार, पोखरामा जारी महोत्सवमा राखिएको ‘घुमौँ मधेस, बुझौँ मधेस’को स्टलबाट मधेसमा रहेका धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रबारे जानकारी दिने गरिएको छ । त्यसैगरी, महोत्सव अवलोकनमा आउनेहरूले रौतहटको कटिया र बरमझियाको पेडाको स्वादसमेत चाख्न पाउँछन् ।

चन्द्रपुर उद्योग वाणिज्य संघका उदय सापकोटा सुरेनले पोखरामा मधेस चिनाउने स्टल व्यवस्थापन गरिरहेका छन् । “मधेसबारे धेरै चासो व्यक्त गरेको देखिन्छ, धेरैले मधेस घुम्नुपर्नेमा जोड दिइरहेका छन् । हाम्रा लागि उपलब्धि हो,” उनले भने ।

मधेस प्रदेश सरकार, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको कार्यक्रम ‘घुमौँ मधेस, बुझौँ मधेस’को स्टलमा हालसम्म हजारौँले अवलोकन गरेको ठाकुर बताउँछन् । आगुन्तकहरूलाई नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित बुकलेट पनि वितरण गरिएको छ ।

महोत्सवको उद्घाटन नै मिथिलाको झिंझिया र थारू नृत्यबाट सुरु भएको ठाकुरले बताए । “पोखराले मधेसलाई महत्त्व दिएको छ । महोत्सवको उद्घाटनबाट नै जुन खालको मधेसको चिनारी गराउने कार्य भयो, यसले हिमालको काखमा रहेकाहरूलाई मधेसको समथर भूमिमा भ्रमण गर्न उत्साहित र प्रेरित गरेको छ ।”

Skip This
Skip This
Logo