काठमाडौं । वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारबारे छानविन गर्न गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । राजेन्द्र केसी नेतृत्वमा गठित उपसमितिले आफ्नो प्रतिवेदन संसदको सार्वजनिक लेखा समितिलाई बुझाएको हो । उपसमितिले बहालवाला दुई सचिवलाई निलम्बन गर्न सिफारिस गरेको छ ।
उपसमितिका संयोजक केसीले बुधबार ३८ पेजको छानबिन प्रतिवेदन लेखा समितिका संयोजक भरत कुमार साहलाई बुझाएका छन् । उपसमितिले पूर्व पर्यटन सचिव तथा हालका गृह सचिव प्रेमकुमार राई, पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई निलम्बन गर्न सिफारिस गरेको हो ।
त्यस्तै पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई समेत कारवाही गर्न सिफारिस गरेको छ । तत्कालीन पर्यटन मन्त्रीद्वय जिवनबहादुर शाही र जितेन्द्र देवलाई कारवाहीको सिफारिस गरिएको छ ।
उनीहरुलाई नैतिक जिम्मेवारी नलिएको भन्दै कारवाही सिफारिस गरिएको हो । भने मन्त्री अधिकारीलाई संसदीय समितिमै झुट बोलेको र जिम्मेवारीबाट टाढा बसेकाले वाइडबडी खरिदमा भएको भ्रष्टाचारमा उनको समेत मिलेमतो हुनसक्ने उपसमितिको ठहर छ ।
पूर्व पर्यटन सचिव शंकर अधिकारीलाई समेत कारवाही गर्न सिफारिस गरिएको छ । वाइडबडी जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ घोटाला भएको उपसमितिको निश्कर्ष छ ।































प्रतिक्रिया