अमेरिकी टेक बजारलाई हल्लाउने के हो चिनियाँ एप ‘डिपसिक’ एआई ? कसरी उदय भयो र तहल्का पिट्दैछ ?[भिडियोसहित]

अमेरिकी टेक बजारलाई हल्लाउने के हो चिनियाँ एप ‘डिपसिक’ एआई ? कसरी उदय भयो र तहल्का पिट्दैछ ?[भिडियोसहित]

केन्द्रबिन्दु
138
Shares

काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी ‘डीपसिक’द्वारा विकास गरिएको आर्टिफिसियल इन्टेलिजेन्स एआई च्याट बटले अहिले विश्व ‘टेक’ बजारमा तहल्का मच्चाईरहेको छ । यहि जनवरीमा अमेरिकामा लन्च भएको केही समयमै एप्पल स्टोरमा सर्वाधिक डाउनलोड गरिएको यो एपले अमेरिकी एआई कम्पनीमा भूकम्प नै ल्याई दिएको छ भन्दा फरक पर्दैन ।

ब्लुमवर्गको रिर्पोटअनुसार ‘डीपसिक’कै प्रभावमा सोमबार अमेरिकन सेयर बजार खुल्ने बित्तिकै एनभिडियाको सेयर १७ प्रतिशतको दरले तल झरेको थियो। यसले गर्दा अमेरिकन कम्पनी एनभिडियाले ६ खर्ब अमेरिकी डलर बराबरको क्षति व्यहोरेको थियो।

सेयर बजारमा यति धेरै क्षति भएको यो नै संसारकै सबैभन्दा पहिलो ऐतिहासिक घटना हो । बजार पुँजीकरणको आधारमा एनभिडिया विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी हो । तर, सोमबारपछि यो एप्पल र माइक्रोसफ्टपछि तेस्रो स्थानमा खस्किएको छ।

डीपसिकका कारण एनभिडियाले मात्रै होइन, संसारभरको ५ सयभन्दा बढी संख्यामा रहेका धनाढ्यहरुले संयुक्तरुपमा एक दिनमै १०८ विलियन अमेरिकी डलर गुमाएका छन् । चिनियाँ एआई प्रविधि डीपसिकको कारण अमेरिकी सेयर बजारमा परेको प्रभावका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेसमेत चिन्ता व्यक्त गरेका छन् ।

‘डिपसिक’ले अहिले बजारमा चर्चामा रहेका एआई मोडलहरू च्याटजीपीटी, गुगल जेमिनाई र अन्य जेनरेटिभ एआई मोडललाई कडा टक्कर मात्र दिएको छैन, यसले विश्वभर हलचल नै मच्चाई रहेको छ। यो चिनिया एपको सबैभन्दा रोचक पक्ष भनेको कम लागतमा नै अर्बौ डलर खर्चिएर तयार गरिएका एपमाथि धावा बोल्नु हो।

यो एपका कारण प्रमुख प्राविधिक कम्पनी एनभिडिया, आर्म, सुपर माइक्रो, ब्रोडकम, माइक्रोन, इन्टेलताइवान सेमी, क्वालकम जस्ता टेक कम्पनीको शेयर मुल्यमा उच्च गिरावट शुरु भएको छ भने युरोपेली शेयर मूल्यलाई पनि धक्का दिईरहेको छ ।

यो कम्पनीको एप्लिकेशनको अचानक लोकप्रियता र डिपसिकको लागत अमेरिकाका एआई कम्पनीहरूको तुलनामा धेरै कम भएको खबरले वित्तीय बजारमा अहिले सन्नाटा नै छाएको छ। कम्पनीले नयाँ एआई मोडेल च्याटजीपीटीकै स्तरमा काम गरेता पनि लागत भने उनीहरूको तुलनामा निकै कम रहेको छ ।

गुगल र ओपनएआईले वर्षौं लगाएर करोडौं डलर खर्चेर बनाएको एआई मोडेललाई डिपसिकले दुई महिनामै बिट गर्दै नयाँ इतिहास रचेको हो । ‘डीपसिक’का अनुसार यो एआईलाई निमार्ण गर्न ६० लाख डलरभन्दा पनि कम खर्च भएको छ । यसको तुलनामा ओपनएआईले वार्षिक पाँच अर्ब डलर खर्च गरिरहेको छ।

त्यसको तुलनामा गुगलले सन् २०२४ मा मात्रै ५० अर्ब डलरभन्दा बढी खर्च गरेको अनुमानित रिपोर्ट बाहिर आएका छन् । माइक्रोसफ्टले ओपनएआईमा लगानी गर्न मात्रै १३ अर्ब डलरभन्दा बढी खर्च गरेको जनाइएको छ। तर, डिपसिकको मोडेलले कसरी यति कम लागतमा अमेरिकाका महँगा मोडेलहरूलाई उछिन्यो भन्ने कुराले अहिले विश्व टेकबजार सोच मग्न छ ।

के हो डीपसिक भी थ्री ?
डीपसिक निःशुल्क एआई(आर्टिफिसिएल इन्टेलिजेन्स) सुविधा उपलब्ध गराउने चीनको स्टार्टअप प्रविधि हो । यसको निर्माण स्टार्टअप इनोभेसनअन्तर्गत चीनको लियाङ वेनफेङले गरेका थिए। यसअन्तर्गत पहिलो संस्करण एआई च्याटवट डीपसिक आर वान सार्वजनिक गरिएको थियो । जसले बजारमा निक्कै वाहवाही पाएको थियो ।

डिपसिक यसको शक्तिशाली एआई एसिस्टेन्टका लागि लोकप्रिय बनिरहेको छ । यसले च्याटजीपीटी जस्तै काम गर्छ । एप स्टोरमा उपलब्ध यसको विवरणमा यसलाई ‘तपाईँको प्रश्नको उत्तर दिन र तपाईँको जीवनलाई कुशलतापूर्वक बढाउन’ डिजाइन गरिएको बताइएको छ । यस लगत्तै परिस्कृत भएको नयाँ संस्करण डीपसिक भी थ्री एआईको संसारमा सार्वजनिक भएको थियो।

डीपसिकका निमार्ता लियाङ वेनफेङ को हुन् ?
चीनको झानजियाङमा जन्मेका ४० वर्षिय वेनफेङ डीपसिकका फाउण्डरका साथै सिइओसमेत छन्। उनका बुबा सरकारी विद्यालयको प्राथमिक तहको शिक्षक थिए । उनको सुरुआती शिक्षा निक्कै कमजोर थियो । तर, उनले पछि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा शिक्षा प्राप्त गरे । उनले सन् २०१३ मा नै हाङजो याकेवी इन्भेष्टमेन्ट म्यानेजमेन्ट र २०१५ मा झेजियाङ जियुझ्याङ एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरेका थिए ।

यसबाहेक सन् २०१९ मा हाई फ्लाएर एआईसमेत सार्वजनिक गरेका थिए । त्यसपछि सन् २०२३ को जुलाईमा डीपसिकको लञ्च गरिएको थियो । उनले कथित रूपमा एनभिडिया ए१०० चिप्सको स्टोर स्थापना गरेका थिए, जुन अहिले चीनमा आयत गर्न प्रतिबन्धित छ ।

Logo