नेपाली टोपी दिवसबारे अभियन्ताहरुले के भने ? (भिडियोसहित)

नेपाली टोपी दिवसबारे अभियन्ताहरुले के भने ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विगत ६ वर्षदेखि जनवरी १ तारिखमा नेपाली टोपी दिवस मनाईदैं आएको छ । विगत झैं यो वर्षपनि देशभर नेपाली टोपी दिवस मनाईएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न संघसंस्था तथा युवाहरुको सहभागीता रहेका थियो ।

जागरुक युवा अभियान नेपाल लगायतका संघसंस्थाले काठमाडौंमा संयुक्त रुपमा प्रदर्शन गरेका छन् । ‘नेपाली टोपीः हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका साथ छैटौँ नेपाली टोपी दिवस मनाएको हो ।

कार्यक्रम अन्तर्गत मंगलबार बिहान राजधानी काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरियो । प्रभातफेरी कार्यक्रममा बालबालिका, युवायुवतीदेखि वृद्धहरुको समेत बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीलाई नेपाली पहिचानका रुपमा घोषणा गर्न माग गरे । कार्यक्रममा उपस्थित पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपाली टोपी जगेर्ना सबैको दायित्व भएको बताए ।

Skip This
Skip This
Logo