काठमाडौं । स्याङयोङ गाडीले नयाँ वर्ष मेगा एक्चेन्ज योजना ल्याएको छ । नेपालको लागी स्याङयोङ मोटर्सको आधिकारिक बिक्रेता एवम आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले नयाँ वर्षको उपलक्ष्यमा स्याङयोङ नयाँ वर्ष मेगा एक्चेन्ज योजना ल्याएको हो ।
यस योजना अन्र्तगत ग्राहकहरुले आफ्नो कुनै पनि गाडी सँग स्याङयोङ ब्राण्डको नयाँ एसयूभी साट्न सकिनेछ । यसरी पुरानो गाडीको सट्टा गर्दा नयाँ गाडी खरिद गर्दा ग्राहकहरुले ४ लाख सम्मको छुट पनि पाउन सक्नेछन ।
एक्सचेन्ज अफरमा निम्न लिखित सुबिधा प्रदान गर्दैछ:
+ १ बर्षको निःशुल्क बिमा
+ पुरानो गाडीको स्पटमै उत्कृट मूल्याङ्कन गरिने
+ झन्झटरहित फाईनान्सको सूविधा
+ आर्थिक वर्ष २०७५/७६ को रोड ट्याक्स तिर्न नपर्ने
+ ३ वर्षको वारेन्टी (६०,००० कि मी सम्म)
+ ५ वर्ष सम्म निःशुल्क सर्भिसिङ्ग
+ गाडीको अतिरिक्त सामान निःशुल्क पाइने
+ सस्तो मूल्यमा स्पेयर्स पार्टसहरू पाइने
स्याङयोङ, दक्षिण कोरियाको सबैभन्दा अभिनव र उन्नत एसयूवी ब्रान्ड ओटोमोबाइल निर्माता हो । आफ्नो स्थापना वर्ष १९५४ देखि नै कम्पनी उत्कृष्ट प्रदर्शनका लागि सम्मानित हुँदैं आएको छ सम्भवतः यसको एक मात्र कारण कम्पनीको गुणस्तरिय ईन्जिनियरिङ्ग हो ।
कम्पनिसँग लक्जरी कारहरू, एसयूवीहरू, पिकअप ट्रक र MPV हरू छन् । कम्पनिले संसारभरी करिब १ हजार ६ सय ५८ बिक्रेता मार्फत १ सय २८ भन्दा बढी देशहरुमा निर्यात संजाल मजबुत बनाएको छ ।































प्रतिक्रिया