जागरुक युवा अभियान नेपालले ‘नेपाली टोपीः हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका साथ छैटौँ नेपाली टोपी दिवस मनाएको छ ।
कार्यक्रम अन्तर्गत मंगलबार बिहान राजधानी काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरियो ।
प्रभातफेरी कार्यक्रममा बालबालिका, युवायुवतीदेखि वृद्धहरुको समेत बाक्लो उपस्थिति थियो । कार्यक्रममा कलकार, पत्रकार, साहित्यकार, विद्यार्थीदेखि राजनीतिज्ञहरुको पनि उपस्थित थियो । प्रभातफेरीमा सहभागीहरुले दौरा सुरुवाल, गुन्यूचोली र टोपी लगाएका थिए । प्रभातफेरीमा पञ्चेबाजाका साथमा राष्टिय गीत गाइएको थियो ।
दिवसको अबसरमा अहिलेसम्मकै ठूलो नेपाली टोपी प्रदर्शन गरिएको थियो। समापन कार्यक्रममा बोल्दै जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीलाई नेपाली पहिचानका रुपमा घोषणा गर्न माग गरे । कार्यक्रममा उपस्थित हुनुभएका पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपाली टोपी जगेर्ना सबैको दायित्व भएको बताए ।
फोटो: मनोज खड्का
















































प्रतिक्रिया