गोपीको दोस्रो गीत ‘तेरो आफ्नो’ सार्वजनिक (भिडियोसहित)

गोपीको दोस्रो गीत ‘तेरो आफ्नो’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

चलचित्र ‘गोपी’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘तेरो आफ्नो’ बोलको गीत सार्वजनिक गरिएको हो ।

शिव परियारको स्वर रहेको गीतमा कल्याण सिंहले संगीत भरेका हुन् भने बिप्लब प्रतिकले शब्द लेखेका छन् । उक्त गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्की र सुरक्षा पन्त फिचर्ड छन् । गोपीमा विपिन र सुरक्षासँगै वर्षा राउत, भोला सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमल, केशव राई, कमल मणी नेपाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा विपिन कार्की गाई पालकको भूमिकामा प्रस्तुत छन् ।

आरोही इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यस चलचित्रलाई आराही केसीले निर्माण गरेकी हुन् । गोपी माघ १८ गते देखि देशभर प्रदर्शन हुदैछ ।

 

Logo