वैशाखदेखि उपत्यकामा ३ सयवटा बिजुली बस सञ्चालनमा आउने

वैशाखदेखि उपत्यकामा ३ सयवटा बिजुली बस सञ्चालनमा आउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले नयाँ वर्ष (वैशाख) देखि उपत्यकामा ३ सयवटा बिजुली बस सञ्चालनमा ल्याउने जनाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिजुली बस खरिद प्रक्रियाबारे छलफल भइरहेको र वैशाखदेखि सञ्चालनमा ल्याउने जानकारी दिए ।

संसद्को विकास तथा प्रविधि समितिमा सोमबार बोल्दै महासेठले तत्काल ऐन बनाएर यातायात प्राधिकरण स्थापना गरी त्यसमार्फत बिजुली बस सञ्चालन गर्ने बताए । ‘सार्वजनिक यातायातको अवस्थालाई पूरै सुधार गर्ने तयारीअन्तर्गत प्राधिकरण गठन गर्न लागेका हौं,’ उनले भने, ‘प्राधिकरणको कार्यक्षेत्र मुलुकभर रहन्छ ।’

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलअनुसार प्राधिकरण गठन गर्ने तयारी भइरहेको जानकारी दिए । त्यसमा निजी क्षेत्रलाई पनि समेट्ने उनले बताए ।

कम्पनी ऐनअन्तर्गत प्रालि गठन गर्न सकिने भन्दै उनले त्यसमा १ सयभन्दा बढी सेयर सदस्य रहने जानकारी दिए । ‘प्राधिकरणले यातायात क्षेत्रको व्यवस्थापन गर्छ, प्राधिकरण बोर्डमा निजी क्षेत्रका व्यवसायी पनि रहन्छन्,’ उनले भने । बिजुली बस उपत्यकाबाहिर चलाउनेबारे पनि छलफल भइरहेको उनले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Logo