शिखर इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

शिखर इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको ३४५औं बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले २६ करोड ५४ लाख ९४ हजार ७३० रुपैयाँ बराबरको बोनस तथा कर प्रयोजनका लागि १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको हाल कायम २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् वितरण हुने जानकारी दिइएको छ ।

Skip This
Skip This
Logo