चक्लेटको प्रलोभन देखाएर ५ वर्षीया बालिका बलात्कृत

चक्लेटको प्रलोभन देखाएर ५ वर्षीया बालिका बलात्कृत

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज । पर्सामा एक ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । पर्साको पकाहा मैनपुर गाउँपालिका १ की पाँच वर्षीया बालिका बलात्कृत भएकी हुन् । ति बालिकालाई छिमेकी २२ वर्षका देवकुमार पटेलले चक्लेट दिने प्रलोभन देखाएर बलात्कार गरेका हुन्।

घरमा कोही नभएको र आमा घरभित्रै काममा व्यस्त रहेका बेला आँगनमा खेल्दै गरेकी बालिकालाई, पटेलले चक्लेट खान दिने प्रलोभन देखाउँदै आफ्नो घर लगेर बलात्कार गरेका हुन् । आरोपित घटना लगत्तै फरार छन्।

पटेलको यौन दुष्कर्मपछि रुँदै घर फर्किएकी बालिकाले आफ्नी आमालाई यौनाङ्ग दुखेको भन्दै घटनाका बारेमा बताएकी थिइन्। फरार रहेका आरोपित पटेलको खोजीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Skip This
Skip This
Logo