एसपी दिल्लीराज बिष्टले निर्मला प्रकरणमा उठाए १६ बुँदे माग

एसपी दिल्लीराज बिष्टले निर्मला प्रकरणमा उठाए १६ बुँदे माग

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । चर्चित बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा मुछिएर सेवाबाट हटाईएका एसपी दिल्लीराज विष्टले विभिन्न कुराको मनन गर्न सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

लामो समयदेखि हत्यारा पत्ता लाग्न नसकिरहेको बेला विष्टले १६ बुँदामा घटनाको विश्लेषण गर्न माग गरेका हुन् । उनले घटना हुनुपूर्व र घटनापश्चात आन्दोलन गर्नुको कारण र कसको निर्देशनमा आन्दोलन गरियो त्यसको छानविन गर्न माग गरेका हुन् ।

आफ्नो कार्य क्षेत्रमा कर्तब्य पालनको सिलसिलामा खटिएका प्रहरी कर्मचारीहरुको मात्र कमि कमजोरीको छानबिन हुने अन्यको नहुने भन्दै उनले आपत्ति जनाएका छन् ।

उनले अन्य पक्षहरुले जे गर्दा नि हुने अवस्था सृजना भइरहँदा प्रहरी कर्मचारीहरुको मनोबल दिनानुदिन घट्दै गईरहेको भन्दैं यस्तो प्रवृतिले अपराधिक मनोवृतिलाई सहयोग पुग्ने र समग्र शान्ति सुरक्षामा प्रतिकुल असर पर्ने उनको ठहर छ । उक्त घटनामा निम्न बुँदाहरुलाई मनन गर्न र विश्लेषण गर्न उनले माग गरेका हुन् ।

१) निर्मलाको हत्या हुनु अगाडि कन्चनपुरमा आन्दोलनहरुको अवस्था कस्तो थियो र आन्दोलनहरुको भित्रि र बाहिरी उद्देश्य के के थिए ?

२) घटनास्थलमा पुगेका प्रहरी, मृतकका आफन्त, स्थानीय तथा पत्रकारहरुको उपस्थितिमा प्रारम्भिक अनुसन्धान हुँदा प्रमाण नष्टको कुरा कसैले उठाएको थियो थिएन ? घटनास्थलमा के के प्रमाणहरु भेटिएका थिए र नस्ट भए ? विश्लेषक विद्वानहरुले बुँदागत खुलाई दिनुपर्ने र उहाँहरुसँग आफु जुनसुकै सार्बजनिक स्थलमा बहस गर्न तयार रहेको ।

३) लास उठाएर सवारी साधनमा राख्दा सर्पले टोक्यो, मेयर घटनास्थलमा आउनुपर्छ भन्ने माग कसले किन उठायो ? आन्दोलन किन र कसरि सुरु भयो ?

४) आन्दोलन सुनियोजित थियो वा आकस्मिक ? मिडिया तथा सामाजिक संजालहरुमा अफवाह र भ्रम फैलाउने काम कसले गरेको थियो ?

५) अनुसन्धानमा अवरोध गरेर तत्काल अपराधी सार्वजनिक गर्न प्रहरीलाई चर्को दबाब को बाट दिईयो ?

६) प्रहरीकोविरुद्धमा केहि व्यक्तिहरुले भ्रम छरि रहँदा प्रहरीको अनुगमन र सुपरिवेक्षण गर्ने निकायहरुले कस्तो भूमिका निर्वाह गरे ?

७) भ्रम र अफवाहपूर्ण समाचारहरुको प्रहरी प्रधान कार्यालयले विज्ञप्ती प्रकाशित गरि कति पटक खण्डन गरेर प्रस्ट पर्ने काम गरेको थियो ?

८) अनुसन्धानलाई सघाउन स्थानीय राजनीतिक दलहरुको भूमिका कस्तो रह्यो ?

९) स्वघोषित नागरिक समाज र अधिकारकर्मीहरुको आचरण र भूमिका कस्तो रह्यो ?

१०) समाचार संकलनको सिलसिलामा कंचनपुर पुगेका पत्रकार, बिश्लेषक, टिप्पणीकार , स्तम्भकारहरुका टिप्पणी कस्ता-कस्ता थिए ? कति गहिरो अध्ययन र विश्लेषणमा आधारित थिए ?

११) उच्च स्तरिय छानबिन समितिका कुनै सदस्यको भूमिका कस्तो रह्यो ? उहाँको भूमिकाले आन्दोलनमा सकारात्मक नकारात्मक कस्तो असर पार्‍यो ? उहाँको असुरक्षाको छानविन भयो कि भएन ?

१२) अनुसन्धान समुहमा कार्यरत प्रहरी कर्मचारीहरू कति दक्ष थिए ? अनुसन्धानका आधुनिक प्रबिधि र उपकरणहरु थिए/थिएनन् ?

१३) कसैको स्वार्थपूर्ण आग्रह पूर्वाग्रह र प्रतिशोधपूर्ण अभिव्यक्तिको आधारमा प्रहरी कर्मचारीहरुलाई हतारमा कारवाही गर्नु उपयुक्त थियो थिएन ?

१४) कुनै व्यक्तिले भ्रम–अफवाह फैलाउने, आफै अनुसन्धानकर्ता, बहसकर्ता, विश्लेषणकर्ता र फैसलाकर्ता भई अनुसन्धान कार्यलाई गलत दिशामा लैजाने काम गर्नेलाई कुनै कानुन लाग्छ कि लाग्दैन ?

१५) पछिल्लो पटक गरिएका अनुसन्धानहरु विवाद रहित भए कि भएनन् ? भएनन् भने किन भएनन् ? त्यसमा उचाल्ने र भ्रम छर्ने काम भयो कि भएन ?

१६) त्यसो भए कर्तब्य पालनमा खटिएका प्रहरी कर्मचारीहरुलाई कारवाही किन गरियो ?

Skip This
Skip This
Logo