आफ्नै निवास बोलाएर प्रचण्डले महेश्वरलाई भने, ‘देशको शिर उचो पार्नुभयो’

आफ्नै निवास बोलाएर प्रचण्डले महेश्वरलाई भने, ‘देशको शिर उचो पार्नुभयो’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शारीरिक सुगठनमा स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई बधाई दिएका छन्। आफ्नै निवास खुमलटार बोलाएर अध्यक्ष प्रचण्डले बधाई दिएका हुन् । बधाईपछि अध्यक्ष प्रचण्डले प्रतियोगितामा प्राप्त सफलताले देशको गौरव उचो पारेको बताए ।

‘तपाईले उत्कृष्ट कौशल देखाउनुभयो। यसबाट नेपाल र नेपालीको शीर गौरवले उच्च भएको छ’ अध्यक्षले भने, ,’विश्वस्तरको प्रतियोगितामा नेपालका तर्फबाट तपाई प्रस्तुतीले नेपाली पनि अवसर पाए कम छैन भन्ने स्पष्ट पारेको छ।’

आफूले खेल क्षेत्रलाई सधैं प्राथमिकतामा राखेको भन्दै प्रचण्डले नेपालको समृद्धि र विकासमा खेल क्षेत्र र खेलाडीहरुको ठूलो भूमिका रहने बताए ।

नेपाललाई विश्वमा चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको भन्दै पार्टी र सरकारका तर्फबाट शारीरिक सुगठनलगायत नेपालको खेल क्षेत्रलाई अझ विकास गर्ने प्रतिबद्धता जनाए ।

महर्जनजले ७५ किलो तौल समूहमा स्वर्ण पदक जितेका थिए । महर्जनले यस क्षेत्रमा राज्यले नै सहयोगी वातावरण बनाइदिन आग्रह गर्दै मिस्टर युनिभर्समा समेत सहभागी हुने इच्छा रहेको बताएका थिए ।

Skip This
Skip This
Logo