पाथीभरा केबुलकार निर्माण विवादका दुवै पक्षीबीच आज वार्ता हुँदै

पाथीभरा केबुलकार निर्माण विवादका दुवै पक्षीबीच आज वार्ता हुँदै

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । विवादित ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारका विषयमा उत्पन्न समस्या समाधानका लागि आज वार्ता हुँदै छ ।

हिजो सोमबारको वार्ता निष्कर्षमा पुग्न नसकेपछि आज बिहान ११ बजे पुनःवार्ता बस्ने गरी वार्ता स्थगित गरिएको थियो । सोमबारको वार्ता सकारात्मक रूपमा टुंगिएको दुवै पक्षले जनाएको छ । सरकारद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच हिजो साँझ ललितपुरमा भएको वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न सकेको थिएन ।

मुक्कुमलुङ सेमुक्तु मुक्तुबो माङ कवित पाथिभरा क्षेत्रमा केबलकार निर्माणको कार्य खारेज गर्न माग गर्दै आन्दोलन भइरहेको छ । अरुणपूर्व ९ जिल्ला अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलन भइरहेको छ ।

Skip This
Skip This
Logo